माैसम पूर्वानुमानलाई भरपर्दाे बनाउँछाैँ : मन्त्री बस्नेत

 भदौ ७, २०८० बिहीबार १३:४९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानलाई यथार्थपरक बनाउने गरी काम अगाडि बढाउने बताउनुभएको छ ।

आज बिहीवार जल तथा मौसम विज्ञान विभागको कार्यालय अनुगमन गर्दै मन्त्री बस्नेतले यस आर्थिक वर्षमा मौसम पूर्वानुमानलाई अझै यथार्थपरक बनाउने गरी काम अगाडि बढाउने बताउनुभएको हो । उहाँले यसका निम्ति विगतको अनुभवसहितलाई समेत मध्यनजर गर्दै आवश्यक अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । उहाँले मौसम पूर्वानुमानलाई अनुमानयोग्य र भरपर्दो बनाउनलाई ध्यान दिइने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘माैसम पूर्वानुमानलाई अझ अनुमानयोग्य कसरी बनाउने, अझ भरपर्दो कसरी बनाउने भन्नेमा ध्यान पुर्‍याउँछाैँ । पूर्व सूचना प्रणालीलाई अझ व्यापक कसरी बनाउने, के हुँदैछ भन्ने कुरा आमनागरिकले बुझ्न सक्ने वा थाहा पाउन सक्ने गरी काम अगाडि बढाउनुपर्छ । पूर्वानुमानलाई कसरी बढीभन्दा बढी व्यावहारिक र अझ बढी यथार्थपरक बनाउने भन्ने विषय नै चुरो कुरा हो । पूर्वानुमानलाई कसरी अझ भरपर्दो बनाउन सकिन्छ भनेर हामी छलफल पनि गरिरहेका छाैँ । यसका निम्ति चाहिने प्रविधि, जनशक्ति, तालिमको बारेमा सरकारले मन्त्रालयको तर्फबाट पर्याप्त ध्यान पुर्‍याउँछ ।’

मन्त्री बस्नेतले विभागका कर्मचारीहरूलाई जिम्मेवारीपूर्वक काम गर्न र सही सूचना दिन पनि आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया