विद्यालयमा बाढीले क्षति पुर्‍याएपछि पठनपाठन बन्द

 भदौ ७, २०८० बिहिबार २०:२९:९ | नेत्र शाही
unn.prixa.net

बाढीले क्षति पुर्‍याएकाे तिला–६ को महादेव माध्यामिक विद्यालय, तस्बिर : नेत्र शाही/जुम्ला ।

जुम्ला – जुम्लाको तिला गाउँपालिका–६ मा रहेको देवीमहादेव माध्यमिक विद्यालयमा बाढीले क्षति पुर्‍याएपछि पठनपाठन बन्द भएको छ । गए रातिको बाढीले विद्यालयको चारकोठे भवनमा क्षति पुर्‍याएकाे छ ।

प्रधानाध्यापक झुपे रावतका अनुसार विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षा र विद्यालयकाे कार्यालय रहेका कोठामा बाढी पसेर केही सामान बगाएको छ भने केही भिजेर काम नलाग्ने भएका छन् । ६ देखि ११ कक्षासम्म रहेकाे विद्यालयमा बाढीले क्षति गरेपछि दुई दिनदेखि पठनपाठन प्रभावित भएको हो ।

जुम्लाकाे ढिपु, सुडी र रिपी गाउँका विद्यार्थीलाई पायक गर्ने गरी रुखेडामा देवीमहादेव विद्यालय सञ्चालन गरिएकाे हाे । तीन गाउँका गरेर कक्षा १० सम्म दुई सय २० जना र कक्षा ११ मा ५० जना विद्यार्थी रहेका छन् । बाढीले रिपी र सुडी गाउँबाट विद्यालयसम्म आवतजावत गर्ने दुई वटा काठे पुल बगाउँदा विद्यार्थी विद्यालयसम्म पुग्न सकेका छैनन् ।

तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बाढीका कारण विद्यालय वरपर ढुङ्गा, गिट्टी र बालुवा थुप्रिएकाे बताउनुभयाे । दुई/चार दिनमा खोलामा पानी घटेपछि विद्यालयमा जान सकिने सम्भावना रहेकाे उहाँले बताउनुभयाे । खोलामा पानी नघटेको खण्डमा वैकल्पिक व्यवस्था गरेर पठनपाठन शुरु गर्ने उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया