साउनमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या केही घट्यो

 भदौ ८, २०८० शुक्रबार १३:५०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या केही घटेको छ ।

गएको आर्थिक वर्ष रेकर्ड नै ब्रेक हुने गरी नेपालीहरू वैदेशिक रोजगारीमा गएको भए पनि चालु आर्थिक वर्षको पहिलो महिनामा केही सङ्ख्याले घटेको हो । 

वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएको तथ्याङ्क अनुसार गएको साउन महिनामा वैदेशिक रोजगारीमा जानका लागि नयाँ र पुनः श्रम स्वीकृति गरी ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका छन् ।

श्रम स्वीकृति लिनेमा सात हजार सात सय २५ जना महिला रहेका छन् भने ४७ हजार ८५० जना पुरुष रहेका छन् ।

पहिलो पटक वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या भने ३९ हजार १५२ जना रहेको छ । गएको आर्थिक वर्षको साउन महिनामा ६३ हजारभन्दा धेरैले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।

गएको आर्थिक वर्षको सुरुदेखि नै वैदेशिक रोजगारीमा जानेको सङ्ख्या लगातार बढेको थियो । तर आर्थिक वर्षको अन्तिम महिना असारदेखि भने वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या केही घट्न थालेको हो । गएको असारमा ५५ हजार २ सय ९९ जनाले श्रम स्वीकृति लिएका थिए ।

गएको आर्थिक वर्षमा २०७९/०८० मा सात लाख ७१ हजार तीन सय २७ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया