कर्णालीमा आँखाको उपचार सेवा पुर्‍याउन कर्णाली प्रतिष्ठान र तिलगङ्गाबीच सम्झौता

 भदौ ९, २०८० शनिबार १४:२:१८ | नेत्र शाही
unn.prixa.net

जुम्ला – कर्णालीभरी आँखा उपचार सम्बन्धी सेवा पुर्‍याउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा अस्पताल काठमाण्डौबीच सेवाविस्तारको सम्झौता भएको छ ।

तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइत र प्रतिष्ठानका उपकुलपति डा.मङ्गल रावलले सहकार्यको सम्झौता गर्नुभएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुइतले कर्णाली प्रतिष्ठान अन्तर्गतकाे आँखा विभागलाई अत्यधुनिक शल्यक्रिया सुविधाका लागि जनशक्तिका लागि तालिम र स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँका अनुसार कर्णाली प्रतिष्ठानसँगै विकटमा आँखा स्वास्थ्यको सेवा विस्तार गरिनेछ ।

अब कर्णालीका कुनाकुनामा पुगेर मोतिबिन्दु, जलबिन्दु, चिनी रोगबाट आँखामा आउने समस्यालगायतको उपचार सेवाबाट बिरामीलाई सहज हुनेछ । 

प्रतिष्ठानका उपकुलपति डा.रावलले प्रतिष्ठानमा आँखा स्वास्थ्यसम्बन्धी बहिरङ्ग सेवा सञ्चालन भए पनि अबको ४ महिनामा अत्यधुनिक आँखा विभाग स्थापना हुने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया