कवि 'वनवासी'का दुई कृति लोकार्पण

 भदौ ९, २०८० शनिबार २०:२५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सिसार साहित्य परिवारको आयोजनामा कवि रामचन्द्र न्यौपानेको 'वनवासी'का ज्ञानक्रान्ति (महाकाव्य) र भक्तिसागर (खण्डकाव्य) लोकार्पण गरियो ।

प्रमुख अतिथि महात्मा दीपकजी, कार्यक्रमका सभापति त्रिविका उपप्राध्यापक तथा पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत, पत्रकारिता र हिन्दी विभागका पूर्व विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवाली, साहित्यिक पत्रकार महासंघका अध्यक्ष राधेश्याम लेकाली लगायत विभिन्न व्यक्तिहरूले संयुक्त रूपमा लोकार्पण गर्नुभएको थियो ।

कृतिको समीक्षा प्राडा भागवत ढकाल, कवि सीता भट्टराई र पूर्व प्रशासक कृष्णचन्द्र घिमिरेले गर्नुभयो। 

कवि रामचन्द्रका दुई कृतिबाट कवि प्रभा भट्टराई, लक्ष्मी घिमिरे र स्वस्तिक ढकालले रचना वाचन गर्नुभयो।

कवि विजयराज न्यौपाने, कवि चन्द्रप्रसाद न्यौपाने, कवि विजयध्वज थापा, पत्रकार राजनप्रसाद न्यौपाने, मीनप्रसाद ज्ञवालीलगायतले कविलाई शुभकामना दिनुभयो।

प्रमुख अतिथिले तत्त्वज्ञान प्राप्तिका लागि काव्यहरू सहयोगी भएको धारणा राख्नुभयो ।

कवि वनवासीले सबैलाई धन्यवाद दिनुभएको थियो ।

कृतिका सम्पादक एवम् भूमिका लेखक ज्ञाननिष्ठ ज्ञवालीले सम्पादन र भूमिका लेखनको जोखिमबारे धारणा राख्नुभयो।

कार्यक्रमको सञ्चालन कवि राधिका पन्तले गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया