सिँजामा ऐतिहासिक केदारनाथ महोत्सव शुरु

 भदौ ११, २०८० सोमबार १०:२७:४ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाकाे सिँजामा ऐतिहासिक केदारनाथ महोत्सव शुरु भएकाे छ । महाेत्सवकाे आयाेजना सिँजा गाउँपालिकाले गरेको हाे । 

सिँजा गाउँपालिकाले वडा नम्बर ४ मा रहेको केदारनाथकाे बुदवुदीमा महोत्सव शुरु गरेको हो ।

महोत्सवको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसीले गर्नु भएको छ ।

मन्त्री बिसीले सिँजाको केदारनाथको भूगोलमा आएर अवलोकन गर्न पाउँदा खुशी लागेको बताउँदै कर्णाली सरकारले यहाँको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रमलाई प्रथामिकता दिने बताउनुभयो ।

उहाँले सिँजाको सस्कृति र इतिहासलाई बचाउन र विश्वसामु पुर्याउन यस क्षेत्रमा पूर्वाधार आवश्यक रहेकोमा जोड दिनुभयो ।

मन्त्री बिसीले जुम्लाको कला, सस्कृति र ऐतिहासिकता झल्काउने यस धार्मिक महोत्सवबाट कर्णालीलाई मष्टो सँस्कृतिको प्रवर्द्धन गर्ने सिकाइ हुने भन्दै सिँजा गाउँपालिकालाई आमन्त्रणका लागि विशेष धन्यवाद दिँदै केदारनाथको डिपिआर बनाएमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो।

महोत्सवका विशिष्ट अतिथि कर्णाली सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भिम प्रकाश शर्माले जुम्लाको उत्पादनले कर्णालीको पहिचान भइरहेको भन्दै यहाँको रैथानेवाली मार्सीधान, चिनु, कागुनु, स्याउ सिमी उत्पादन गुणस्तर भएमा व्यापारको व्यवस्था कर्णाली सरकारले गर्ने बताउनुभयो ।

उहाँले सिँजा सभ्यता भित्र यहाँको रैथाने बाली र कृषि क्षेत्र पनि पर्ने भएकाले कृषि उत्पादन र पर्यटनमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।

कर्णालीका उपसभामुख यशोधा न्यौपानेले पवित्र धार्मिक स्थल केदारनाथलाई संसार सामु चिनाउन आवश्यक देखिएकाले कर्णालीका धार्मिक पर्यटन क्षेत्रको निति संरचना आवश्यक रहेको बताउनुभयो। 

सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले हामी वर माग्न वा विभिन्न धार्मिक आस्थाका लागि अन्य स्थानमा जान्छौँ तर आफ्नो तीर्थलाई प्रवर्द्धन गर्नका लागि केदारनाथ महोत्सवको आवश्यकता रहेको बताउनुभयो ।

हिजाेबाट शुरु भएको महोत्सव तीन दिन चल्ने छ । पहिलो पटक स्थानीय सरकार आयोजक बनेर शुरु गरिएको महोत्सवमा त्यहाँ वर माग्ने, गौजो काट्ने र एकादशीका दिनमा भारा नुहाएर अन्य मन्दिरमा लिने यहाँको महत्व छ ।

महोत्सवमा करिब ५ हजार बढीको संख्यामा महोत्सवमा सहभागी भएका सिँजा गाउँपालिकाले जनाएको छ । महोत्सवमा स्थानीय रैथाने वाली, स्याउ, राडिपाखी, स्थानीय उत्पादनका खानाहरु राखिएका छन् ।

महोत्सवमा खस सँस्कृति प्रमुख नाच देउडा, धामी नाच, आधुनिक नाच, खस सस्कृतिको नाटक सहित इन्द्रेणीको टिमको मनोरञ्जन झल्काइएको थियो ।

महोत्सवमा जुम्ला जिल्लाका पालिकाका प्रमुख उपप्रमुखहरु, राजनैतिक दलका प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी सहित कार्यालय प्रमुख र संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ ।  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया