जुम्लामा माओवादीले जाँड–रक्सी नखाने

 भदौ १४, २०८० बिहिबार १९:५८:४० | नेत्र शाही
unn.prixa.net

माओवादीको तीन महिने अभियानको विषयमा गरिएको पत्रकार भेटघाट, तस्बिर : नेत्र शाही/जुम्ला ।

जुम्ला – नेकपा माओवादी केन्द्र जुम्लाले आफ्नो सङ्गठनमा आबद्ध कसैले पनि जाँड–रक्सी खान नपाउने निर्णय गरेकाे छ । तीन महिने पार्टी सुदृढ रूपान्तरण अभियानको क्रममा आज बिहीवार गरिएको पत्रकार भेटघाटमा माओवादी जाँड–रक्सी नखाने निर्णय गरेकाे जानकारी गराएकाे हाे ।

माओवादी पार्टीलाई अनुशासित, मर्यादित, सुशासन र समृद्धिको पहरेदारको रूपमा प्रस्तुत गर्न जाँड–रक्सी, जुवातास, बालविवाह, बहुविवाह, भ्रष्टाचार नगर्न/नगराउन एक विशेष सङ्कल्प प्रस्ताव पारित गरिएको माओवादी जुम्ला अध्यक्ष वीरबहादुर कुँवरले प्रस्तुत गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

माओवादीले भदाै १६ देखि मङ्सिर १५ गतेसम्म ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेकाे छ । याे तीन महिने अभियानका लागि जिल्ला इन्चार्ज छिमी लामाको नेतृत्वमा कनकासुन्दरी गाउँपालिकामा नवराज न्यौपाने, सिँजा गाउँपालिकामा प्रभात चलाउने, हिमा गाउँपालिकामा गोविन्द तिमिल्सिना, तिला गाउँपालिकामा झक्कुप्रसाद घर्ती, तातोपानी गाउँपालिकामा वीरबहादुर रावत, गुठीचौर गाउँपालिकामा रत्न गाह, पातारासी गाउँपालिकामा डा. कलबहादुर रोकाया र चन्दननाथ नगरपालिकामा बिर्खबहादुर थापा खटाइएको जानकारी गराइएको छ ।

अभियानको अवधिमा सरकारको जनपक्षीय सुशासन र समृद्धिको कार्यलाई नागरिककाे घरदैलोमा पुर्‍याइदिने, अभियानलाई तीन चरणअन्तर्गत पहिलो चरण वडामा, दोस्रो चरण पालिकामा र तेस्रो चरणमा जिल्लास्तरमा गतिविधि केन्द्रित गर्ने निर्णय भएकाे छ ।

पत्रकार भेटघाटमा इन्चार्ज लामाले पार्टीकाे यो अभियानलाई सफल बनाउन सबैलाई अपिल गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

2 Comments

  • Rosan Budhathoki

    Sept. 4, 2023, 12:16 p.m.

    घरमै उत्पादन गरेकाे जाँडरक्सी बाहेक बाजर म पाउने लिचि गाेर्खा देखि 8848 सम्म सबै किसिमको मधिरा पिउन पाउने यस्तो छ माओवादी काे भिजन 👊👊👊 जुम्ला मेराे बुझाई कति सक्छौ जनता काे आँखामा छाराे हाल्न

  •  0 Reply
  • दामोदर

    Sept. 3, 2023, 4:25 p.m.

    मावबादि का केन्द्रीय नेता हरु पहिला सुध्रिन पर्छ। डुंग डुंग गनाइसके।

  •  0 Reply

तपाईको प्रतिक्रिया