असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खला अष्ट्रेलियाले जितेको छ । गएराति डरबानमा भएको दोस्रो खेल ८ विकेटले जितेसँगै एक खेल बाँकी छँदै अष्ट्रेलियाले शृङ्खला जितेको हो ।
दक्षिण अफ्रिकाले दिएको १ सय ६५ रनको लक्ष्य अष्ट्रेलियाले ३१ बल बाँकी छँदै जम्मा २ विकेट गुमाएर भेट्टायो । उसका लागि म्याथु शर्टले ६६ र मिचेल मार्सले ४५ बलमा नटआउट ७९ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि एडियन मार्करमले सर्वाधिक ४९ रन बनाए ।
बलिङतर्फ अष्ट्रेलियाका सिन एबोट र नाथम एलिसले ३/३ विकेट लिए । तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ । अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच पाँच खेलको एकदिवसीय शृङ्खला हुँदैछ । यो शृङ्खला सेप्टेम्बर ७ तारिख अर्थात् आउँदो बिहीवारदेखि शुरु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।