अझै केही दिन देशभर लगातार वर्षाको सम्भावना कम, आज कतैकतै ठूलो पानी पर्ने

 भदौ १६, २०८० शनिबार ७:२६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै - अझै केही दिन देशभरी ठूलो र लगातार पानी पर्ने सम्भावना नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो हप्ताको शुरुदेखि नै पानी पर्न कम भएकोमा आजदेखि केही ठाउँमा पानी पर्ने तर देशभर ठूलो र लगातार पानी पर्ने सम्भावना भने नभएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अर्थात् नेपाल नजिकै रहे पनि ठूलो र लगातार वर्षा भने नहुने उहाँले बताउनुभयो ।

नेपालमा अहिले बङ्गालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीकाे समेत हल्का प्रभाव रहेको छ । अहिले लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस र बाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । आज राति  पनि मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमको तुलनामा मध्य र पूर्वी क्षेत्रमा  मौसम धेरै बदली भइरहेको र पानी पर्ने सम्भावना रहेको छ ।

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया