असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - वर्षाले प्रभावित एसिया कप क्रिकेटमा अहिले भारत र पाकिस्तानबीचको खेल पुनः शुरु भएको छ । केही बेर यो खेल वर्षाले प्रभावित भएको थियो ।
श्रीलंकाको पाल्लिकेमा भारतले टस जितेर पहिला ब्याटिङ थालेको खेलमा चार ओभर २ बलमा १५ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । रोकिएको खेल अहिले सुरु भएको छ ।
भारतका कप्तान रोहित शर्मा २२ बलमा ११ रन बनाएर आउट भएका छन् ।
एसिया कपको आयोजक पाकिस्तान भए पनि भारत नजाने भएपछि श्रीलंकामा खेल भएको हो ।
भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् । त्यसैले यी दुई देशबीचको खेललाई विश्वभर नै चर्चा र रुचिका साथ हेरिन्छ ।
पाकिस्तान एकदिवसीय विश्व वरियताको शीर्ष स्थानमा रहेको छ भने भारत तेस्रो स्थानमा छ । एसिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् ।
समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो । भारतको यो पहिलो खेल हो । नेपाल र भारतबीचको खेल पर्सि सोमवार हुनेछ । भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक जितेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।