असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - बङ्लादेशले एसिया कप क्रिकेटमा अफगानिस्तानलाई ८९ रनले पराजित गरेको छ । जितसँगै बङ्लादेशले सुपर फोरमा स्थान बनाएको छ । समूह 'बी' बाट बङ्लादेश नेटरनरेटको कारण शीर्ष दुईमा रहँदै सुपर फोर खेल्ने पक्का भएको हो । जितको लागि ३ सय ३५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४४ ओभर ३ बलमा २ सय ४५ रनमा अल आउट भयो ।
अफगानिस्तानका इब्राहिम जद्रानले ७५ रनको अर्धशतकीय पारी खेले । यस्तै, कप्तान हश्मातुल्लाह शाहिदीले पनि ५१ रनको अर्धशतकीय पारी खेले भने रहमात शाहले ३३, नाजिबुल्लाह जद्रान १७ र गुलबादिन नाइबले १५ रन बनाए ।
बङ्लादेशका तस्किन टाक्सिन अहमदले ४ विकेट लिए भने शोरिफुल इस्लामले ३ तथा हसन महम्मद र मेहेदी हसन मिराजले एक/एक विकेट लिए । त्यसअघि लाहोरमा टस जितेर पहिला ब्याटिङ रोजेको बङ्लादेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३४ रन बनाएको थियो ।
बङ्लादेशका लागि मेहेदी हसन मिराज र नाज्मुल हसन शान्टोले शतकीय पारी खेले । मिराजले १ सय १२ रनको शतकीय पारी खेले । उनको यो ओडीआई करिअरको दोस्रो शतक र उत्कृष्ट प्रदर्शन हो ।
यस्तै, शान्टोले १ सय ४ रन जोडे । यस्तै, कप्तान सकिब अल हसनले ३२, मोहम्मद नइमले २८, मुश्फिकुर रहीले २५ र शमिम हसैनले ११ रन बनाए ।
अफगानिस्तानका मुजिब उर रहमान र गुलबदीन नाइबले एक/एक विकेट लिए । समूह 'बी' मा बङ्लादेशले २ खेलमा १ मा जित र १ मा हारसहित २ अङ्ककासाथ दोस्रो स्थानमा रहँदै सुपर फोरमा स्थान पक्का गराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।