सिंजा गाउँपालिकाले सार्वजनिक गर्‍याे खस पात्रो

 भदौ १९, २०८० मंगलबार २०:२२:५९ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाको सिंजा गाउँपालिकाले जुम्लेली खस भाषाको पात्रो सार्वजनिक गरेकाे छ । गाउँपालिको ऐतिहासिक धार्मिकस्थल केदार महोत्सवको अवसरमा खस पात्रो सार्वजनिक गर्दै लागूसमेत गरेकाे हाे ।

महोत्सवका अवसरमा कर्णाली प्रदेशका उपसभामुख यशोधाकुमारी न्यौपाने र सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले खस पात्रो सार्वजनिक गर्नुभयाे । उपसभामुख न्यौपानले खस पात्रो खस भाषाको प्रवर्धन गर्ने लिखित दस्तावेज भएको भन्दै गाउँपालिकालाई धन्यवाद दिनुभयाे ।

गाउँपालिकाले सार्वजनिक गरेको खस पात्रोमा राष्ट्रिय क्यालेन्डरलाई पनि प्रवर्धन गर्ने उद्देश्यले खस भाषामा महिनाहरू वैशाख (वैशाख), जेठ, असाड (असार), साउन (साउन), भदुव (भदौ), असोज, कात्तिक, मुंशिर (मङ्सिर), पुष (पुस), माग (माघ), फागुन (फाल्गुण) र चईत (चैत) राखिएकाे छ । यसैगरी पात्रोमा वारहरू आईतवार, सुमवार, माङ्लवार, बुधवार, विहीवार, सुकवार र छुन्चरवार कायम गरिएको छ । 

यसैगरी पात्रोमा खस संस्कृति झल्किने देउडा, हुड्के नाच, खस पहिरन, यहाँका धानखेतीसहित बाली, पुरातात्त्विक संरचना, ऐतिहासिक सिंजा उपत्यका, केदारनाथ क्षेत्रसहित विभिन्न ठाउँहरू राखिएकाे छ । पात्राेमा खस भाषामा महत्त्वपूर्ण तिथि, मिति र दिवस पनि उल्लेख गरिएका छन् ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया