१६ वर्षमुनीको साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र भारत खेल्दै

 भदौ २०, २०८० बुधबार १०:५६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साफ १६ वर्षमुनीको च्याम्पियनसीप  फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । यो खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे भुटानको थिम्पुमा शुरु हुनेछ ।

नेपाल, भारत र बंगलादेश तीन टोली सम्मिलित समूह ‘ए’ को पहिलो खेलमा नेपाल बंगलादेशसँग १–० गोलले पराजित भएको थियो भने बंगलादेश भारतसँग १–० गोलले नै हारेको थियो । त्यसैले समूह चरण पार गर्न नेपालले आज भारतलाई जित्नैपर्ने दबाब छ ।

भारतसँग बराबरी वा हारले नेपाल समूह चरणबाटै बाहिरिनेछ । नेपालले भारतलाई हराए तीनवटै टोलीको समान ३ अंक हुनेछ र यस्तोमा हेड टु हेड र गोलअन्तर निर्णायक बन्नेछ ।

भारत साविक विजेता र नेपाल उपविजेता टोली हो । समूह ‘बी’ मा आयोजक भुटान, माल्दिभ्स र पाकिस्तान छन् ।  

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया