एमालेबाट भीम रावल निष्कासित, बिन्दा पाण्डे र उषाकिरण तिम्सिना...
पुस ११, २०८१ बिहिबार
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरकाे पाटनमा रहेकाे कृष्ण मन्दिरकाे दर्शन गर्नुभएकाे छ । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति पाैडेल आज बुधवार पाटन दरबारमा रहेकाे ऐतिहासिक कृष्ण मन्दिर जानु भई दर्शन एवम् प्रसाद ग्रहण गर्नुभयो ।
त्यस अवसरमा उहाँलाई ललितपुर क्षेत्र नम्बर १ र २ का सांसदद्वय उदयशम्शेर राणा र प्रेमबहादुर महर्जन, बाग्मती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलगायत जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलगायत निजामती कर्मचारी र स्थानीयवासी एवम् भक्तजनले स्वागत गर्नुभएको थियो ।
राष्ट्रपति पौडेलले पाटन दरबार क्षेत्रका सांस्कृतिक सम्पदाको अवलोकन पनि गर्नुभयो । उहाँलाई महानगरका मेयर महर्जनले सम्पदास्थलका बारेमा जानकारी गराउनुभएको थियो । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा भ्रमणका लागि स्वदेशीका साथै विदेशी पर्यटकको पनि दैनिक भिड लाग्ने गर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।