मुगुको लुम्सा गाउँमा पहिरोको जोखिममा रहेका ३४ घर परिवारलाई अन्तै सारियो

 भदौ २४, २०८० आइतबार १८:२४:३८ | नेत्र शाही
unn.prixa.net

जुम्ला – बाढी र पहिरोका कारण विस्थापित भएका मुगुको छायाँनाथ रारा नगरपालिका–१२ लुम्सा गाउँका परिवारलाई सरकारले स्थानान्तरण गरेकाे छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले मुगूम कार्माराेङ गाउँपालिका–९ चिमाथमा ३४ वटा घर निर्माण गरेर लुम्साका विस्थापित परिवारलाई स्थानान्तरण गरेकाे हाे ।भवन निर्माण आयोजना जुम्लाका सब–इन्जिनियर चन्द्रबहादुर खड्काका अनुसार दलित आवास कार्यक्रमअन्तर्गत प्रतिघर पाँच लाख रुपैयाँका दरले घरहरू निर्माण भएका छन् ।

विसं २०३६ साल, २०६३ साल गरी विभिन्न समयमा आएको पहिरोबाट यो गाउँ जोखिममा परेको  थियो । स्थानीय पूर्णचन्द्र विश्वकर्माका अनुसार २०६३ सालमा दुई वटा घर भत्किनुका साथै बस्ती नै जोखिममा परेकाे थियो ।

भवन निर्माण आयोजनाका जुम्लाका सवईन्जिनियर चन्द्रबहादुर खड्काका अनुसार छायानाथ रारा नगरपालिका वडा नम्बर १२ लुम्सामा बाढि पहिरोका कारण बिस्थापित परिवारलाई कार्मारोङ गाउँपालिका वडा नम्बर ९ चिमाथ साविक माग्री १ गाउँको  पेरेपानी कासीघर नाउलामा स्थानान्तरणका लागि पूर्वाधार सहित आवास निर्माण कार्य कार्यक्रम अन्तरगत पहिरोमा भत्किएका घर निर्माण गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया