इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा नागरिकता वितरण कार्य ठप्प

 भदौ २५, २०८० सोमबार १५:३२:१४ | नेत्र शाही
unn.prixa.net

इलाका प्रशासन कार्यालयमा नागरिकता लिन आएका सेवाग्राही । तस्बिर : नेत्र शाही/जुम्ला

जुम्ला – जुम्लाको इलाका प्रशासन कार्यालय नराकोट सिंजामा कर्मचारी नहुँदा नागरिकता वितरण कार्य ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेका कर्मचारी अन्तै सरुवा भएका र अरू कर्मचारी पनि नआउँदा नागरिकता वितरण कार्य बन्द भएको हो ।

सिंजा क्षेत्रको हिमा गाउँपालिका, सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकालाई लक्षित गरी स्थापना गरिएको इलाका प्रशासनले नागरिकता वितरण गर्दा नागरिकलाई नागरिकता लिन सहज भएको थियो । तर वर्षायामको झरी अनि भौगोलिक विकटता र कठिनाइका कारण जिल्ला प्रशासन कार्यालय जान नसक्ने सेवाग्राहीलाई फेरि सास्ती हुने भएको छ ।

कार्यालयमा नागरिकता लिन जानेहरू कर्मचारी नभएको भन्दै फर्किने गरेका छन् । सेवाग्राही दलसिंह रोकाले भन्नुभयो, ‘इलाका प्रशासन कार्यालय नराकोटमा कार्यालय प्रमुख नहुँदा टाढा–टाढाबाट आउने हामीलाई सास्ती भएकाे छ ।’

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार हप्ता/दश दिन अगाडि इलाका प्रशासन कार्यालयमा निमत्तकाे रूपमा खटाइएका नायब सुब्बा सुरत गिरीको अर्कै ठाउँमा सरुवा भएपछि अर्को कर्मचारीकाे खोजी भइरहेको छ । उहाँले अब अर्को व्यवस्था नहुँदासम्म जिल्ला सदरमुकाम खलङ्गाबाटै नागरिकता दिइने बताउनुभयो ।

इलाका प्रशासन कार्यालय सिंजा नराकोटमा अधिकृतस्तरको दरबन्दी छ तर सरकारले कर्मचारी पठाउन सकेको छैन ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया