मनाङको ‘फु’ गाउँमा मोवाइल सेवा सञ्चालन, सूचना र प्रविधिको प्रयोगमा सहज हुने

 कात्तिक १६, २०७५ शुक्रबार ७:४८:३५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – मनाङको विकट ‘फु’ गाउँमा गएको सोमबारदेखि ‘जीएसएम मोवाइल सेवा’ सञ्चालनमा आएको छ । सेवाको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले गर्नुभएको हो ।          

विकट गाउँमा मोवाइल सेवा पुर्याउनु आवश्यक रहेको उहाँले बताउनुभएको छ । टेलिफोन तथा मोवाइल सेवा नपुग्दा अझै पनि विकटका नागरिक प्रविधिबाट वञ्चित हुनुपरेको छ ।   

फु गाउँमा मोवाइल टावर सञ्चालनमा आएसँगै स्थानीयमा खुशी छाएको छ ।  अब यहाँका स्थानीयले सूचना र प्रविधिको प्रयोग गर्न पाउने छन् । 

नेपाल टेलिकम मनाङका अनुसार समुद्री सतहदेखि ४ हजार दुई सय मिटर उचाइमा भिस्याङ लिङ्कबाट जडान गरिएको मोबाइलको टावरले नजिकै देखिने नामजुङ पिक र हिमलुङ हिमालको बेस क्याम्पसम्म काम गर्नेछ ।    

टेलिकम मनाङका प्रमुख ङिमाङिटु लामाले भन्नुभयो ‘टावरले नार गाउँ प्रवेश गर्ने लोउङ पास तथा तिब्बत प्रवेश गर्ने केङछिपी पाससम्मका साथै माथिल्लो मुस्ताङ प्रवेश गर्ने सलिपुङ पाससम्म काम गर्नेछ, ।     

उहाँका अनुसार नारपाभूमी गाउँपालिका ४ र ५ ‘फु’ गाउँको टासी ल्हकाङ गुम्बा परिसरमा टावर राखिएको छ । रिपिटर टावरको रेडियो लिङ्क तथा अप्टिकल फाइबरबाट सम्भव नभएपछि ‘फु’ गाउँमा ‘स्याटलाईट लिङ्क’ प्रयोग गरिएको छ ।

स्थानीयका अनुसार ‘फु’ गाउँ पुग्न मनाङको सदरमुकाम चामेबाट दुई दिन लाग्छ । गाउँमा करिब ५५ घरधुरी रहेको छ ।  नारपाभूमी गाउँपालिका पर्यटकीय क्षेत्र समेत रहेको स्थानीय सञ्चारकर्मी नेगम परियारले जानकारी दिनुभयो ।    

‘गाउँ विकट छ । यो गाउँ पर्यटकीय गाउँ पनि हो । गाउँमा मोवाइल सेवा, इन्टरनेट नहुँदा स्थानीयका साथै पर्यटकलेसमेत सास्ती खेप्दै आएका थिए । अब मोवाइल सेवा सुरु भएको छ । यसले पक्कै सूचना र प्रविधिको प्रयोगमा सजिलो बनाउनेछ,’ उहाँले भन्नुभयो । 
 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया