तेस्रो एकदिवसीयमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई एक सय ८१ रनले हरायो

 भदौ २८, २०८० बिहीबार ६:२४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ल्यान्डले तेस्रो एकदिवसीयमा न्युजिल्यान्डलाई एक सय ८१ रनले पराजित गरेको छ।

इङ्ल्यान्डले दिएको तीन सय ६९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३९ ओभरमा एक सय ८७ रन बनाएर अलआउट भयो । यसअघि द ओभलमा न्युजिल्यान्डले टस जितेपछि ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले ४८ ओभर एक बलमा तीन सय ६८ रन बनाएर अल आउट भयो ।

चार खेलको शृङ्खलामा पहिलो एकदिवसीय न्युजिल्यान्डले र दोस्रो इङ्ल्यान्डले जितेका थिए । यसअघि भएको चार खेलको टी–२० शृङ्खला दुई–दुईको बराबरीमा सकिएको थियो । 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया