काठमाण्डाैका नदी तटीय क्षेत्रमा बिहान १० बजेसम्म सतर्कता अपनाउन आग्रह

 भदौ २८, २०८० बिहीबार ७:३०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अहिले देशका धेरैजसो ठाउँमा सामान्य बदली भएको छ । बाग्मती र गण्डकी प्रदेशका  केही ठाउँमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकोले नेपालमा मनसुनको सामान्य प्रभाव परेको हो । नेपालमा अहिले भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । पहाडी भेगका केही ठाउँमा सामान्य वर्षाको सम्भावना छ । आज राति पनि देशका धेरै ठाउँमा बदली भएर कोशी,  मधेस,  बाग्मती, गण्डकी प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना रहेको छ । 

 

यसैबीच बाढी पूर्वानुमान महाशाखाले काठमाण्डौ उपत्यकाका नदी तटीय क्षेत्रहरुमा बिहान १० बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ । गएरातिदेखि आरीघोप्टे वर्षा भएकाले नदी क्षेत्रमा पानीको सतह बढेको छ।

नोहरा खोला बालकुमारीमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, बाग्मतीमा पनि जलसतह सतर्कता नजिक रहेको भन्दै महाशाखाले काठमाण्डाै उपत्यकाको बाग्मती र यसका सहायक नदी तटीय क्षेत्रमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान १० बजेसम्म सतर्कता अपनाइराख्न आग्रह गरेको छ ।  

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया