राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरो सर्जरी सेवा प्रभावकारी बन्दै

 असोज ३, २०८० बुधबार १२:५२:४९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरो सर्जरी सेवा शुरु भएपछि बिरामीले जिल्लामै सुविधा पाएका छन । सेवा प्रभावकारी बन्दै गएको भन्दै सेवाग्राही खुसी भएका छन । युरो सर्जन डा प्रवोध रेग्मीले गृह जिल्ला दाङ आएर यो सेवा शुरु गरेपछि प्रभावकारी बन्दै गएको हो । यस अघि यो खालको उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।

रेग्मीले मिर्गोलामा भएको पत्थरी भएका हालसम्म झण्डै ४० जना बिरामीको सफल शल्यक्रिया गरिसकेकाे बताउनुभयो । युरो सर्जरी सेवा शुरु भएपछि प्रतिष्ठानमा प्रोष्टेडसहित पिसाब सम्बन्धी सबै उपचार हुने प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया