नेपालद्वारा बीबीएनजे सम्झौतामा हस्ताक्षर

 असोज ४, २०८० बिहीबार ९:१५:३९ | रासस
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - नेपालले बायो डाइभर्सिटी बिओण्ड नेशनल जुरिडिक्सन (बीबीएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।

संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको यो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । राष्ट्र सङ्घको मुख्यालय न्युयोर्कमा हिजो बुधवार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गर्नुभएको हो ।

अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर गर्ने नेपाल एक हस्ताक्षरकर्ता देश बनेको छ । यो सम्झौताले सन् २०३० सम्ममा ३० प्रतिशत जमिन र समुद्रको प्रभावकारी संरक्षण र व्यवस्थापन गर्ने लक्ष्यको उपलब्धिलाई सहज बनाउने राष्ट्रसङ्घले जनाएको छ ।

यो सम्झौतामा विश्वभरिका राष्ट्रलाई सन् २०२३ को सेप्टेम्बर २० तारिखदेखि सन् २०२५ को सेप्टेम्बर २० तारिखसम्म हस्ताक्षर गर्ने समय सीमा दिइएको छ । नेपालले यो सम्झौता हस्ताक्षर गर्ने दिनमा नै हस्ताक्षर गरेको छ ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया