शिक्षक आन्दाेलनबारे रास्वपा– ‘विद्यार्थीकाे पढ्न पाउने अधिकार कुण्ठित नहाेस्’

 असोज ४, २०८० बिहीबार १८:३३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न शिक्षकहरूसँग आग्रह गरेको छ ।

आज बिहीवार विज्ञप्ति निकाल्दै रास्वपाले शिक्षकहरूले आफ्ना मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न शिक्षक सङ्गठनहरूप्रति आग्रह गरेकाे हाे । 

विद्यार्थीहरूको उज्जवल भविष्य सुनिश्चित गर्न पनि शिक्षकहरूको हकहित सुनिश्चित हुनुपर्ने तर शिक्षकहरूले आफ्नो पेसागत हकहितका लागि एकजुट हुने नाममा राजनीतिक दलको भ्रातृ सङ्गठनका रूपमा रहन नहुने रास्वपाकाे नीति रहेकाे विज्ञप्तिमा उल्लेख छ । 

‘शिक्षकहरूको पेसागत विकासका मागहरूमा हामी एकै ठाउँमा उभिन तयार छौँ । साथै शिक्षकहरूले आफ्ना मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक सङ्गठनहरूप्रति हार्दिक अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएकाे छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया