मलेसियामा प्याकिङको काममा पठाइदिन्छु भन्दै तीन लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

 असोज ५, २०८० शुक्रबार १७:२५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  मलेसिया पठाइदिन्छु भन्दै तीन लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

डोटीको शिखर नगरपालिका २ घर भई अहिले काठमाण्डौको सेतो पुल बस्ने ३२ वर्षका धनबहादुर बोगटीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

उनले कृष्णबहादुर बोगटीलाई वैदेशिक रोजगारीमा मलेसिया पठाइदिने भन्दै तीन लाख रुपैयाँ लिएका थिए । मलेसियामा प्याकिङको काममा महिनाको ६० हजार रुपैयाँ कमाइ हुने प्रलोभन समेत देखाएका थिए । तर तीन लाख रुपैयाँ रकम हात परेपछि धनबहादुर सम्पर्कविहीन भएका थिए ।

रकम ठगेर फरार भएपछि कृष्णबहादुरले वैदेशिक रोजगार विभागमा उजुरी दिनुभएको थियो । विभागले गरेको पत्राचारको आधारमा धनबहादुरलाई पक्राउ गरी वैदेशिक रोजगार विभागको कार्यालय ताहाचल पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यस्तै वैदेशिक रोजगारीमा चेक रिपब्लिक पठाइदिने भन्दै ५० जनाबाट ४० लाख रुपैयाँभन्दा धेरै रकम ठगी गरेको आरोपमा प्रहरीले झापाको गौरादह ४ का अमृत कार्की र अशोक कार्कीलाई काठमाण्डौको नयाँ बानेश्वरबाट पक्राउ गरेको छ ।

उनीहरू दुवै जनालाई थप अनुसन्धानका लागि विभागको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया