जुम्ला विमानस्थल विस्तार गरिने

 असोज ७, २०८० आइतबार १८:५:३२ | नेत्र शाही
unn.prixa.net

फाइल तस्बिर

जुम्ला – जुम्ला विमानस्थल विस्तार गरिने भएको छ । जुम्ला विमानस्थल विस्तारका लागि चार कराेड ४२ लाख ४७ हजार रुपैयाँ पठाएकाे नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङले विमानस्थल विस्तारका लागि यो बजेट स्वीकृत गरेर सरकारले पत्र पठाएको जानकारी दिनुभयो । विमानस्थलको जग्गा अधिग्रहण गरिसकेपछि विस्तार कार्यक्रमअन्तर्गत रनवे, ट्याक्सी वे र अप्रोनको काम गरिने छ । अहिले जुम्ला विमानस्थलमा साना ट्विनअटर जहाज मात्र रहेकामा विमानस्थल विस्तार भएमा ठूला जहाज अवतरण गर्न मिल्नेछ ।

सांसद लामाले भन्नुभयाे, ‘आफ्नो जिल्लाको विकासका लागि सबै नागरिकले चासो लिन आवश्यक छ । यस्तैगरी सक्रियता र चासो देखायो भने विकास, उन्नति  हुन कसैले रोक्न सक्दैन ।’

गएकाे वर्ष विमानस्थलका लागि एक करोड रुपैयाँ आए पनि त्यो रकम पनि प्रयोगमा नआएर 'फ्रिज' भएको उहाँले बताउनुभयाे । यो पटक विमानस्थलका लागि सरकारले ५० लाख रुपैयाँ छुट्याएको जानकारी पाएपछि थप बजेटको माग गर्दै दबाब दिएकाे र अहिले चार कराेड रुपैयाँभन्दा धेरै आएकाे उहाँकाे भनाइ छ ।

विमानस्थलमा ठूला जहाज बसेकाे हेर्ने जुम्ली नागरिककाे माग छ । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले विमानस्थलमा आएको रकमअनुसार काम हुन आवश्यक रहेकाे बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया