१९ वर्षमुनिको साफ च्याम्पियनसीप फुटबलको फाइनलमा पुग्न आज नेपाल र भारत खेल्दै

 असोज १०, २०८० बुधबार ६:१९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १९ वर्षमुनिको साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा आज नेपाल र भारत खेल्दैछन् । यो खेल बेलुका साढे ५ बजे दशरथ रंगशालामा शुरु हुने छ । त्यसअघि हुने अर्को सेमिफाइनल खेलमा दिउँसो साढे १ बजे भुटान र पाकिस्तान खेल्नेछन् ।

आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछन् । घरेलु टोली नेपाल सन् २०१५ र सन् २०१७ को विजेता हो भने भारतले सन् २०१९ र २०२२ मा उपाधि जितेको थियो । यो प्रतियोगितामा नेपाल समूह चरणमा पाकिस्तानसँग हारेको थियो भने माल्दिभ्सलाई ४–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । भारतले समूह चरणमा भुटान र बंगलादेशलाई हराएको थियो । फाइनल खेल शनिवार हुनेछ ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया