कुशल मल्लले टी–२० क्रिकेटमा बनाए विश्व कीर्तिमानी शतक

 असोज १०, २०८० बुधबार ८:३३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालका कुशल मल्ल टी–२० मा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । १९ औँ एशियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियासँगको खेलमा मल्ले ३४ बलमा शतक पुरा गरेर कीर्तिमान बनाएका हुन् ।

उनले ५० बलमा अविजित एक सय ३७ रन बनाए । टी–२० मा यसअघि ३५ बलमा शतक बनेको थियो । ३५ बलमा भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिनका सुदेश बिक्रमशेखरले प्रहार गरेका थिए ।

तर, टी–२० क्रिकेटमा क्रिस गेलले ३० बलमै शतक बनाएका छन् । बेंग्लोरबाट खेलेका उनले आईपीएलमा सन् २०१३ मा पुणे वारियर्ससँगको खेलमा ३० बलमा शतक बनाएका थिए ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया