इसाई धर्मावलम्बीले धुमधामका साथ मनाए क्रिसमस
पुस १०, २०८१ बुधबार
काठमाण्डाै – नेकपा (एमाले) को प्रथम बाग्मती प्रदेश कमिटीको अधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले नाम फिर्ता लिने क्रम जारी रहेको छ । एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा चलिरहेकाे निर्वाचन प्रक्रियाका लागि पूर्व निर्धारितभन्दा एक दिन ढिलो गरी उम्मेदवारी फिर्ताको क्रम चलेको हो ।
निर्वाचन समितिका सदस्य ताराकुमार श्रेष्ठका अनुसार दुई सय ४० पदका लागि प्राप्त पाँच सय ४८ उम्मेदवारमध्ये सहमतिका आधारमा अहिलेसम्म झन्डै तीन सय जनाले उम्मेदवारी फिर्ता लिइसकेका छन् । फिर्ता लिने प्रक्रिया सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी विद्युतीय मतदान मेशिनका उम्मेदवारको विवरण प्रविष्ट गरेपछि अहिले बेलुकी ६ बजेपछि मतदान शुरु हुने तालिका छ ।
कमिटीको अध्यक्ष पदका लागि कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल, सानुकुमार श्रेष्ठ, केशर बुढाथोकीले उम्मेदवारी दिनुभएको छ । अध्यक्ष पदमा वारेसमार्फत केशवराज पाण्डेले पनि उम्मेदवारी दिनुभएकाेमा निर्वाचन समितिले उहाँको उम्मेदवारी आधिकारिकरूपमा नपरेको जनाएको छ ।
यही असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको अधिवेशनको बन्द सत्र कमलादीकाे नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलवार सम्पन्न भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।