दाङमा श्रीमान श्रीमती मृत अवस्थामा फेला

 असोज २०, २०८० शनिबार १७:६:४८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा सल्यानको त्रिवेणी गाउँपालिका ४ फालाबाङ घर भइ अहिले दाङको तुलसीपुर ९ बेलुवामा कोठा भाडामा बस्दै आएका अन्दाजी २५ वर्षीय सुशील भण्डारी र उनकी २१ वर्षीया श्रीमती पवित्रा डाँगी भण्डारी रहेका छन् ।

उनीहरू कोठाभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनु भएको छ।

आज  बिहान १० बजेको समयमा ढोका बन्द गरेको अवस्थामा कोठाभित्रै दुवैजना मृत फेला परेका हुन् । श्रीमान पङ्खामा झुन्डिएको अवस्थामा र श्रीमती खाटमा मृत फेला परेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

सुशीलले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार पवित्राको शरीरमा चोट देखिए पनि धारिलो हतियार भने प्रयोग नभएको पाइएको छ । मृतकको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया