सल्यान बस दुर्घटनामा ज्यान गुमाउने दुई जनाको पहिचान खुल्यो

 असोज २०, २०८० शनिबार १८:३:१७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको सल्यानमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिका – ६ की ४४ वर्षीया अनिता बोहरा र सल्यानको त्रिवेणी गाउँपालिका – ६ की ३२ वर्षीया सुनिता सुनार रहेको प्रहरीले जनाएको छ ।

घटनामा परेर २२ जना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरेर उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको प्रहरीले जनाएको छ ।

दाङको तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस दिउँसो करिब ३ बजे दुर्घटना भएको थियो । विपरीत दिशाबाट आइरहेको गाडीलाई साइड दिने क्रममा दुर्घटना भएको प्रहरीले बताएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया