दाङमा बसकाे ठक्करबाट एक युवककाे ज्यान गयाे

 असोज २५, २०८० बिहिबार १३:५७:४९ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङकाे भालुवाङमा आज बिहान बसकाे ठक्करबाट एक युवककाे ज्यान गएकाे छ ।

बसकाे ठक्करबाट कपिलवस्तु वाणगङ्गा नगरपालिका—४ घर भइ भालुवाङ पुल्चोक बजारमा व्यवसाय गर्दै आएका अन्दाजी २४ वर्षीया विजय खनालको ज्यान गएकाे हाे । 

काठमाण्डाैबाट सुर्खेतका लागि छुटेकाे ना ७ ख ५९७१ नम्बरको बसले बाटाे पार गर्ने क्रममा खनाललाई ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ ।

बसकाे ठक्करबाट गम्भीर घाइते हुनुभएका खनालकाे उपचारका क्रममा भालुवाङ अस्पतालमा ज्यान गएकाे इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले जानकारी दिनु भयो ।

ठक्कर दिने बसका चालकलाई पक्राउ गरिएकाे उहाँले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया