स्याङ्जा र भक्तपुरबाट रारा घुमेर आएका टोलीबीच होटलमा बोतल हानाहान, स्याङ्जा चापाकोटका मेयर घाइते

 कात्तिक १८, २०७५ आइतबार १३:३६:२९ | मनिराज पाण्डे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कालिकोट – स्याङजा र भक्तपुरबाट मुगुको राराताल भ्रमण गरेर आएका टोलीबीच आपसी विवाद हुँदा मेयर घाइते भएका छन् ।

खाडाचक्र नगरपालिकाको होटल सनलाइटमा रक्सी खाएर एक आपसमा विवाद हुँदा स्याङजा चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरि घाइते भएको कालिकोटमा डीएसपी बिनोद शर्माले बताउनुभयो । होटेलमा रक्सी खाएकाहरुले एक आपसबीच बोतल हानाहान गर्दा मेयर घाइते भएको प्रहरीले प्रारम्भिक अनुसन्धानपछि जानकारी दिएको छ ।

मेयरलार्इ कसले बाेतलले हानेकाे भन्ने पूर्ण जानकारी भने अाएकाे छैन । प्रहरीले अनुसन्धान भैरहेकाे जनाएकाे छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा भक्तपुरकाे भ्रमण टाेलीले मेयरमाथि बाेतल प्रहार गरेकाे हुनसक्ने अाशंका छ ।

सामान्य घाइते भएका मेयर गिरिलाइ जिल्ला अस्पलात कालिकोटमा उपचार गरी घर पठाउने तयारी भएको खाडाचक्र नगरपालिका मेयर जसीप्रसाद पाण्डेले बताउनुभयो । रारा भ्रमण सकेर फर्केका उनीहरुबीच रक्सीको मातमा झगडा परेको मेयर पाण्डेले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया