आजदेखि मौसम खुल्दै जाने, तापक्रम घट्दा चिसो बढ्दै

 कात्तिक १, २०८० बुधबार ७:२९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आजदेखि मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव कमजोर भएको र मनसुन पनि बाहिरिसकेकाले तत्काललाई खासै वर्षाको सम्भावना नरहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । देशका धेरै ठाउँमा अहिले घाम लागेको छ । तर, बेलुकीपख पहाडी क्षेत्रका एक दुई ठाउँमा भने हल्का पानी पर्न सक्ने मौसमविद्को अनुमान छ ।

मनसुन बाहिरिए पनि पश्चिमी वायु सक्रिय हुँदा हिजो र अस्ति पश्चिमी क्षेत्रका धेरै ठाउँमा असिनासहित वर्षा भएको थियो । अन्य पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का मात्रै पानी परेको थियो । असिना पानीका कारण पश्चिमी क्षेत्रमा पाकेको धान तथा तरकारीवालीमा नोक्सानी भएको थियो ।

हिजो अस्तिको वर्षाले चिसो बढाएको छ । देशभरको अधिकतम र न्यूनतम तापक्रम घट्दो क्रममा छ । काठमाण्डौमा हिजोभन्दा आज चिसो छ । आज काठमाण्डौको न्यूनतम तापक्रम १२ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । हिजो १३ दशमलव २ डिग्री सेल्सियस थियो ।

गएको आइतवार काठमाण्डौको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस थियो भने शनिवार १६ दशमलव २ डिग्री सेल्सियस थियो । बिस्तारै चिसो बढ्दै जाने भएकाले तापक्रम अझै घट्दै जाने छ । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया