आज र भोलिको मौसम समान्यतया सफा, पर्सि पश्चिमी क्षेत्रमा पानी पर्ने अनुमान

 कात्तिक ३, २०८० शुक्रबार ७:४५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । आजको मौसम आंशिक बदली हुने अनुमान गरिएको छ ।

केही ठाउँमा दिउँसो बादल लागे पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।  उहाँका अनुसार आज र भोलि पानी पर्ने सम्भावना छैन । तर, पर्सि भने पश्चिमी क्षेत्रका केही ठाउँमा वर्षाको अनुमान गरिएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा पर्सि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । पश्चिमी वायुको प्रभावका कारण यी प्रदेशका केही ठाउँमा पानी पर्ने अनुमान गरिएको हो ।

यसैबीच, मौसमविद्ले दशैँमा मौसम सफा हुने अनुमान गरेका छन् । पहाडी क्षेत्रका एक/दुई ठाउँमा बदली र हल्का वर्षा भए पनि सामान्यतया मौसम राम्रो रहने मौसमविद्ले बताएका छन् ।

भोलि फूलपातिदेखि विजयादशमीको दिनसम्मको मौसम अवस्था बारे आज मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकाल्दै छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया