दाङकाे देउखुरीमा जीपले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गयाे

 कात्तिक ३, २०८० शुक्रबार ८:१६:१५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङकाे देउखुरीमा गएराति जीपले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवाका अन्दाजी ३० वर्षीय सन्तराम चौधरीकाे ज्यान गएकाे हाे। 

काठमाण्डाैबाट सुर्खेतका लागि छुटेकाे बा ९ च ७१९८ नम्बरको जीपले रा ६ प ५७३८ नम्बरको माेटरसाइकललाई राप्ती गाउँपालिका–५ लठ्ठहवा सिङ्गेखोला पुल नजिकै ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ । 

घाइते भएका चाैधरीकाे सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको हाे । जीपका चालकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सिसहनियाँले भालुवाङ पठाइएको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया