सोलुखुम्बुमा भालुको आक्रमणबाट एक बालिका घाइते

 कात्तिक ५, २०८० आइतबार १३:५२:३५ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु - साेलुखुम्बुमा भालुकाे आक्रमणबाट एक बालिका घाइते भएकी छिन् । भालुकाे आक्रमणबाट माप्यदूधकोशी गाउँपालिका-५ की १३ वर्षीया एन्जल पुडासैनी घाइते भएकी हुन् । 

उनकाे  टाउको, ढाड, कुम, तिघ्रालगायत शरीरका ९ ठाउँमा चोट लागेकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उनकाे जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको अस्पतालका प्रमुख डाक्टर प्रशान्त शाहले बताउनुभयो ।

माप्य दूधकोशी गाउँपालिका-५ को रामपुर माविमा कक्षा ८ मा अध्यनरत पुडासैनीलाई काकु माविमा ट्युसन जाने क्रममा भालुले आक्रमण गरेको बालिकाका बुबा एकराज पुडासैनीले बताउनुभयो ।

 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया