पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता

 कात्तिक ६, २०८० सोमबार १८:५४:३९ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल स्वदेश फर्कनुभएको छ ।

चीनले बेइजिङमा आयोजना गरेको अन्तर्राष्ट्रिय सहकार्यका लागि तेस्रो बेल्ट एन्ड रोड फोरम (बीआरएफ) मा सहभागी भएर उहाँ आज साेमवार स्वदेश फर्कनुभएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय विदेश विभाग सचिव डा. शंकर खतिवडाले जानकारी दिनुभयो ।

गएकाे हप्ता चीन जानुभएका पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा तेस्रो 'बीआरएफ' फोरमलाई सम्बोधन गर्नुभएको थियो । चीनमा रहँदा उहाँले चीनमा आएका विभिन्न देशका तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्नुभएको थियो ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया