कुटपिटबाट सल्यानमा एक युवाको ज्यान गयो

 कात्तिक ८, २०८० बुधबार २०:२३:५३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – सल्यानमा दुई जना युवाले कुटपिट गर्दा एक जना किशोरको ज्यान गएको छ ।

सल्यानको बागचौर नगरपालिका ७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओलीलाई छिमेकी गाउँका दुई जना युवाले कुटपिट गर्दा ज्यान गएको हो ।

छिमेकी गाउँ स्याला भन्ने ठाउँका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले कार्तिक ४ गते उनलाई कुटपिट गरेका थिए ।

कुटपिटपछि घाइते भएका उनको उपचारका क्रममा आज भारतको लखनउमा ज्यान गएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ । कुटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट पक्राउ गरिएको र केशर ओली फरार रहेको इप्रका थारमारेले जनाएको छ ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया