चिप्लिएर खोलामा खस्दा ज्यान गयो

 कात्तिक १०, २०८० शुक्रबार १५:५०:४० | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा शौचालय जाने क्रममा चिप्लिएर अर्जुन खोलामा खस्दा नेपाली सेनाका लेस नायकको ज्यान गएको छ । ज्यान जानेमा दाङको रणसिंह दल गण घोराहीमा दरबन्दी भइ हाल अर्जुनखोलाको सैनिक पोष्टमा कार्यरत ३० वर्षका शीतल थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशील थापा मगरले जानकारी दिनुभयो ।

लमजुङ मध्यनेपाल नगरपालिका–९ निवासी थापा दिउसो साढे १२ बजे शौचालय जाने क्रममा करिब दुई सय मिटर तल अर्जुन खोलामा खसेको प्रहरी निरीक्षक थापा मगरले जानकारी दिनुभयो ।

सैनिक पोष्ट नजिकै रहेको कच्ची शौचालय जाने क्रममा शीतल थापा खसेको अनुमान प्रहरीले गरेको छ । थापालाई लमही अस्पतालमा मृत घोषणा गरिएको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया