दुई महिनापछि कर्मचारी पुगेपछि जुम्लाको सिंजामा नागरिकता वितरण शुरु

 कात्तिक १७, २०८० शुक्रबार ९:४५:४२ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लाको सिंजामा रहेको इलाका प्रशासनमा अधिकृतस्तरको कर्मचारी नहुँदा रोकिएको नागरिकता वितरण कार्य शुरु भएको छ । 

गृह मन्त्रालयले मन्त्रालयमा कार्यरत अधिकृत रेश्मा बुढाक्षेत्रीलाई खटाएपछि इलाका प्रशासन कार्यालयबाटै नागरिकता वितरणकाे कार्य शुरु भएकाे हाे । 

इलाका प्रशासन कार्यालयमा अधिकार प्राप्त कर्मचारी पुग्नेबित्तिकै एकैदिनमा ६९ जनाले नागरिकता प्राप्त गरेका छन् । प्रशासन प्रमुख रेश्मा बुढाकाअनुसार आफू १५ गते काठमाण्डाै, नेपालगञ्ज, जुम्लाबजार हुँदै सिधैँ इलाका प्रशासन कार्यालय सिंजामा ५ बजे हाजिर भएको जानकारी दिनुभयो । उहाँले १६ गते एकैदिन ६९ जनाले नागरिकता प्राप्त गरेकाे जानकारी दिनुभयो । 

अहिले कार्यालयमा नागरिकता लिन सेवाग्राहीको भिड बढेको छ । भिड व्यवस्थापन गर्न इलाका प्रशासनले आज प्रहरीको साथमा लाइन व्यवस्थित समेत गर्ने बताइएको छ । यसबेला अध्ययन गर्ने विद्यार्थी दशैँ तिहारमा घर आउने हुनाले बढी नागरिकता लिने गर्दछन् । तर कर्मचारी नै नहुँदा सास्ती भइरहेको समयमा अधिकृत बुढाले समस्या सामाधान गर्न आफू खटिएको बताउनुभयो । 

सिंजा क्षेत्रको ३ वटा गाउँपालिका हिमा, सिंजा र कनकासुन्दरी (साविक ११ गाविस) लाई मध्यनजर गर्दै सरकारले सिंजाको नराकोटमा इलाका प्रशासन कार्यालय स्थापना गरेको थियो । अधिकृतस्तरको दरबन्दी भएको याे प्रशासनमा कर्मचारी आउन नमानेपछि २०७२ सालपछि नायब सुब्बालाई कायममुकायम बनाएर नागरिकता वितरण गरिँदै आएको थियो । २ महिनाअघि नासुको कार्य अधिकार सकिएपछि नागरिकता वितरण कार्य स्थगित भइ नागरिक हस्ताक्षर गर्न सदरमुकाम ल्याइ काम चलाउ गरिँदा सेवाग्राहीलाई असहज भएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया