रुपन्देहीमा अनुमति लिएर मात्रै भूकम्प पीडितका लागि राहत सङ्कलन र वितरण गर्न पाइने

 कात्तिक २०, २०८० सोमबार ११:२४:१६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

फाइल तस्बिर

रुपन्देही - रुपन्देही प्रशासनले आफूखुशी राहत सङ्कलन र वितरणमा रोक लगाएको छ ।

जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका पीडितहरुलाई राहत सङ्कलन गर्ने भन्दै बैङ्क खाता सार्वजनिक गर्ने तर सङ्कलनको विवरण सार्वजनिक नगर्ने प्रवृत्ति बढेपछि राहत सङ्कलन र वितरणलाई पारदर्शी र एकद्धार बनाउने उद्देश्यले यो निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।

एकद्धार प्रणालीमार्फत प्रभावित क्षेत्रमा पठाइएका राहत सामग्री वास्तविक पीडितको हातमा पर्ने र व्यवस्थापनमा पनि सहयोग पुग्ने रुपन्देही प्रशासनको भनाइ रहेको छ । प्रशासन र स्थानीय सरकारको अनुमतिमा मात्रै राहत सङ्कलन र वितरण हुने प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभएको छ ।

रुपन्देहीबाट जाजरकोट पुग्नका लागि ट्रक भाडा १ लाख रुपैयाँ पर्ने भएकाले १० लाख रुपैयाँ बराबरको राहत सङ्कलन भएपछि मात्रै त्यहाँको स्थानीय प्रशासनसँग समन्वय गरेर लैजान अनुमति दिने सर्वपक्षीय बैठकबाट निर्णय भएको प्रशासनले बताएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया