गाउँपालिकाको भवन निर्माण गर्न स्थानीयद्वारा निःशुल्क जग्गा प्रदान

 कात्तिक २२, २०८० बुधबार ९:३:५६ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि स्थानीयले तीन हजार नौ सय वर्गमिटर जग्गा निःशुल्क प्रदान गरेका छन् । गाउँपालिकाको पहलमा स्थानीयले जग्गा निःशुल्क प्रदान गरेका हुन् ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार हिमा गाउँपालिका–५ निवासी स्थानीय दानबहादुर शाहीले तीन हजार एक सय र दलवीर शाहीले आठ सय वर्गमिटर जग्गा गाउँपालिकालाई निःशुल्क प्रदान गर्नु भएको हो ।

उहाँका अनुसार जग्गा टुङ्गो लागे सँगै गाउँपालिकाको स्थायी केन्द्र पनि बाजागाडामा बन्ने निश्चित भएको छ ।  गाउँपालिका अध्यक्ष शाहीको अध्यक्षतामा २०७९ साल असार १० गते बसेको गाउँ सभाले हिमा गाउँपालिकाको केन्द्र वडा नम्बर–५ बाजागाडालाई तोकेको थियो । तर जग्गा टुंगो नलाग्दा केन्द्र तोके पनि केन्द्र हुने/नहुने भन्ने कुराको अन्यौल थियो । तर, अहिले स्थानीयले जग्गा प्रदान गर्ने भएपछि भने केन्द्रको टुङ्गाे लागेको हो ।

स्थानीयले गाउँपालिकालाई दिएको जग्गा गाउँपालिकाको नाममा दर्ता भएपछि आधिकारिक रुपमा गाउँपालिकाको स्थायी केन्द्र बाजागाडामै रहने निश्चित भएको छ । जग्गा प्राप्तीसँगै अब भौतिक संरचना बनाउने बाटो खुलेको छ ।

जग्गा नहुँदा गाउँपालिकाको स्थायी केन्द्र टुंगो नलागेपछि अहिलेसम्म भाडाको भरमा गाउँपालिका कार्यालय र अन्य कार्यालयहरु  गाउँपालिकाको जुगाडमा अस्थायी रुपमा सञ्चालन गरिएको थियो । अब जग्गा प्रदान गरेपछि गाउँपालिकाको प्रशासनिक भवन यसै वर्षमा निर्माण गर्ने गरी अगाडि बढाइने गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिनुभयो । उहाँले आफ्नै भौतिक संरचना नहुँदा काम गर्न असहज भइरहेको समयमा अब जग्गा टुङ्गो लागेपछि केन्द्र र प्रदेश सरकारले पनि बजेटमा प्रथामिकता दिने आशा व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया