जुवा खेलिरहेको अवस्थामा दाङको तुलसीपुरबाट पाँच जना जुवाडे पक्राउ

 कात्तिक २३, २०८० बिहिबार १३:५१:८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – जुवा खेलिरहेको अवस्थामा प्रहरीले दाङको तुलसीपुरबाट ७४ हजार रकमसहित पाँच जनालाई  पक्राउ गरेकाे छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ काे बसपार्कमा ५१ वर्षीय तोभान केसीको घरमा छापा मारेर प्रहरीले ७४ हजार ८ सय ८० रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर – ५ का ४४ वर्षीय दिलिपप्रसाद कलवार, ४३ वर्षीय राजु कुरेसी, ३२ वर्षीय बब्लु कुरेसी र भारतको शिद्धनगर इतवार घर भएका २० वर्षीय साहरुक खान रहेको प्रहरीले जानकारी दिएको छ ।

जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक नवराज केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया