भूकम्प पीडितलाई जुम्लाबाट ३६ लाख ६ हजार रुपैयाँ सहयोग

 मंसिर २, २०८० शनिबार १३:३५:२० | नेत्र शाही
unn.prixa.net

जुम्ला - भूकम्प पीडितलाई राहातका लागि जुम्लाका पालिकाले ३६ लाख छ हजार रुपैयाँ सहयाेगकाे घाेषणा गरेका छन् । 

पालिकाहरुले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमका पीडितहरुलाई राहात तथा पुनर्स्थापनाको लागि सहयोग रकमको घोषणा गरेका हुन् ।  जुम्लाको गुठीचौर गाउँपालिकाले १० लाख ‍५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

तातोपानी गाउँपालिकाले जाजरकोट र रुकुमका भूकम्प पीडितलाई राहत स्वरुप १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

भूकम्प पीडितका लागि चन्दननाथ नगरपालिकाले पाँच लाख ५५ हजार रुपैयाँ सहयोग गर्ने भएकाे छ ।  यसैगरी जिल्लाको पातारासी गाउँपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको छ । तिला गाउँपालिकाले तीन लाख रुपैयाँ भूकम्प पीडितको राहत तथा पुनर्स्थापनामा सहयोग गर्ने जनाएकाे छ । 

यस्तै, जिल्लाको सिँजा गाउँपालिकाले एक लाख र कनकासुन्दरी गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग गर्ने सूचना जारी गरेका छ्न् ।

 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया