तिहारको टीका लगाउन हिँडेका व्यक्ति मृत फेला

 मंसिर २, २०८० शनिबार १८:१९:१८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । तिहारको भाइटीका लगाउन भनी हिँडेका गुल्मी धुर्कोट गाउँपालिका–२ पिपलधाराका ३६ वर्षीय खुम बहादुर घर्ती भूमिकास्थान नगरपालिका–३ सिख्रको भीरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले बताउनुभयो ।

कात्तिक २९ गते तिहारको दिन भूमिकास्थान–३ सिख्रमा दिदी कमला घर्तीको घरमा तिहारको भाइटीका लगाउन भनी हिँडेका घर्ती मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया