सुपा देउराली मन्दिरले भेटीबाट सङ्कलित १ लाख ५१ हजार रुपैयाँ भूकम्प पीडितलाई सहयोग गर्ने

 मंसिर ११, २०८० सोमबार ८:३७:१८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीको सुपा देउराली मन्दिरले भेटीबाट उठेको रकम भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ ।

मन्दिर संरक्षण  समितिको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय  गरेकाे  मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताउनुभयो ।

मन्दिर समितिका अध्यक्ष फर्शबहादुर केसीको अध्यक्षतामा बसेको  बैठकले जिल्ला दैविप्रकोप तथा विपद् व्यवस्थापन समितिको खातामा १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने  निर्णय गरेको हो ।

२०७२ सालको भूकम्पमा पनि मन्दिरले भेटीबाट १ लाख रुपैयाँ सहयोग गरेको थियोे । पछिल्लो समय सुपा देउराली मन्दिर देशकै प्रमुख धार्मिक तीर्थस्थलको रुपमा विकास भएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया