आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

 मंसिर १३, २०८० बुधबार ११:४३:४२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा एक सुत्केरीको ज्यान गएको छ । सुत्केरी गराउन अस्ति सोमवार अस्पताल भर्ना भएकी गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेक घर भइ अहिले रुपन्देहीको भैरहवा बस्ने ३२ वर्षकी भवानी रास्कोटीको ज्यान गएको हो । अस्पतालमा बच्चा जन्माएपछि भवानीको हिजो ज्यान गएको हो । नवजात शिशु भने सकुशल रहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।

तर सुत्केरीको ज्यान जानुको कारण खोज्दा विवाद शुरु भएको थियो । विवाद सुल्झाउन गएराति अबेरसम्म वार्ता भएको र त्यसक्रममा अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर राजेन्द्र बस्याललाई आफन्तबाट कुटपिट भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताउनुभयो ।

उहाँले घटनाका वारेमा थप अनुसन्धान भइरहेको समेत बताउनुभएको छ । कुटपिटबाट घाइते भएका डाक्टर बस्यालको लुुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भैरहेको छ । अस्पतालमा तोडफोडसहित कुर्ची भाँचेर उनीहरुले डाक्टर बश्याललाई प्रहार गरेका त्यहाँ कार्यरत डाक्टरको भनाइ छ ।

घटनापछि अस्पतालले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ । लुम्बिनी चिकित्सक सङ्घका सचिव डा सन्तोष पोखरेलले डाक्टरमाथि नै हातपात हुनु गलत भएको बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया