प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान : जलवायु सम्मेलन कोप–२८ मा सहभागी हुने

 मंसिर १४, २०८० बिहिबार ७:८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप–२८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति संयुक्त अरब इमिरेट्स (यूएई) जानुभएको छ ।

नेपाल एअरलाइन्सको नियमित उडानबाट उहाँ नेतृत्वको टोली दुबई प्रस्थान गरेको हो । दुबईमा आजदेखि सम्मेलन शुरु हुँदैछ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय फ्रेमवर्क कन्भेन्सनका पक्षराष्ट्रहरूको सम्मेलनको २८औँ संस्करणमा प्रधानमन्त्री प्रचण्डले नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ । यो सम्मेलनमा नेपालको मुख्य एजेन्डा जलवायु परिवर्तन र त्यसबाट हिमालय क्षेत्रमा परेको असर तथा त्यसको न्यूनीकरणका लागि पहल रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड भोलि र पर्सि ‘विश्व जलवायु शिखर सम्मेलन’ को उच्चस्तरीय सत्रमा सहभागी हुनुहुनेछ । उहाँले पर्सि १६ गते सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय सम्मेलनका क्रममा सहभागी विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख, अन्य उच्च पदस्थ व्यक्तिसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्री प्रचण्ड मङ्सिर १७ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ । कोप–२८ सम्मेलन आउँदो मंसिर २६ गतेसम्म चल्नेछ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया