सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
रुकुम पश्चिम – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प पीडितका लागि अस्थायी आवास छिटो निर्माण गरिसक्न निर्देशन दिनुभएको छ ।
भूकम्प प्रभावित क्षेत्रका लागि राहतसहित रुकुम पश्चिम पुग्नुभएकी शर्माले भूकम्प पीडितलाई चिसोले थप जोखिम बढाएकाले छिटो अस्थायी आवास निर्माण गरी पीडितलाई छानामुनि बसाल्न जिल्लामा रहेका विपद् व्यवस्थापन समितिलाई निर्देशन दिनुभएको हो ।
जिल्लामा रहेका विपद् व्यवस्थापनको समूहले त्यहीअनुसार जनशक्तिलाई प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो परिचालन गर्न उहाँले आग्रह गर्नुभयो । मन्त्रिपरिषद्ले यसअघि नै प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मीको समूह परिचालन गर्ने निर्णय गरिसकेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा जनशक्ति परिचालन गर्न सरकारका तर्फबाट प्राप्त हुने पत्रलाई पर्खिरहन नपर्ने उल्लेख गर्दै मन्त्री शर्माले नेपाल सरकाबाट प्राप्त हुने पत्र आउँदै गर्छ, भूकम्प प्रभावित क्षेत्रमा काम गर्न पत्रलाई पर्खिरहन आवश्यक नरहेको बताउनुभयो ।
‘प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि सरकारका तर्फबाट प्रक्रिया हुँदै गर्छ, जनशक्ति परिचालन गरेर काम गर्दा केही बिग्रिँदैन, बरु जतिसक्दो छिटो अस्थायी आवास निर्माणमा जोड दिनुहोस्, विपद्को समयममा सबैको हातेमालो आवश्यक पर्छ, सबैसँग सहकार्य गरेर काम अगाडि बढाउनुहोस्’, उहाँले भन्नुभयो ।
अस्थायी आवास निर्माणमा ढिलाइ भएको उल्लेख गर्दै मन्त्री शर्माले उद्धार र उपचारमा खटिएको जसरी अस्थायी आवास निर्माणमा पनि नतिजा देखाउन र चिसो बढ्दै गएकाले अस्थायाी आवास निर्माण ढिला नगर्न निर्देशन दिनुभयो । विपद्को बेला देखिएको सक्रियताप्रति उहाँले आमजनसमुदायलाई धन्यवाद दिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।