अर्घाखाँचीकाे शीतगंगामा ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गयाे

 मंसिर २४, २०८० आइतबार ८:५५:४१ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ। 

गएराति महेन्द्र राजमार्ग अन्तर्गत शीतगङ्गा-८ सातमारामा राप्ति पुलनजिकै ना ६ ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भइ दुर्घटना भएकाे हाे । 

दुर्घटनामा ट्रकका चालक नवलपरासी पश्चिमकाे रामग्राम नगरपालिका-१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मीकाे ज्यान गएकाे हाे ।

दुवै जनाको उपचारका क्रममा ज्यान गएकाे हाे । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया