भरुवा बन्दुकसहित एकजना पक्राउ

 जेठ २७, २०७५ आइतबार ११:३१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

म्याग्दी – मंगला गाउँपालिका–२, हिदीमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । प्रहरीचौकी बाबियाचौरबाट गएको प्रहरी टोलीले शङ्कास्पद व्यक्तिहरुको घरमा चेकजाँच गर्ने क्रममा हिदीका दलबहादुर पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पुनको घरको कुनामा लुकाइछिपाई राखेको अवस्थामा विना लाइसेन्स एकनाले भरुवा बन्दुक एक थान र दुर्लभ जनावरको जस्तो देखिने सुकाइएको ८ ओटा लहराको मासुसहित उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दिपक महत क्षेत्रीले जानकारी दिनुभयो ।

प्रहरीका  अनुसार पक्राउ परेका पुनलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैरहेको छ । 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया